काठमाडौं । हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब २० करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले गत वर्ष आर्जन गरेको मुनाफा अघिल्लो वर्ष सोही अवधिको तुलनामा २८.१४ प्रतिशत धेरै हो।
हिमालयन डिष्टिलरीले आर्थिक वर्ष २०८१/८२ मा ९४ करोड १४ लाख रुपैयाँ मुनाफा कमाएको थियो। कम्पनीको व्यापार बढ्दा नाफामा सुधार आएको हो।
हिमालयन डिष्टिलरीले पोहोर व्यापार १२.६७ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
हिमालयन डिष्टिलरीको दुई आर्थिक वर्षको वित्तीय विवरण रुपैयाँमा
| सूचक | २०८२/८३ | २०८१/८२ | फरक % |
| चुक्ता पुँजी | ३६८८०८२१७५ | ३०७३४०१८१२ | २०.०० |
| खुद नाफा | १२०६३३७७४३ | ९४१४४६४८७ | २८.१४ |
| सञ्चालन आम्दानी | ८११३७९२५९६ | ७२०११५०८९७ | १२.६७ |
| वित्तीय लागत | ४३९६३८८ | १८९५९९१ | १३१.८८ |
| प्रति सेयर आम्दानी | ३२.७१ | २५.५३ | २८.१२ |
| प्रति सेयर नेटवर्थ | १४१.४३ | १३५.४६ | ४.४१ |