काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले र्याडिसन होटल पुगेर अनुगमन गरेको छ।
बजारमा ग्यास आपूर्ति पर्याप्त भइरहे पनि उपभोक्ताले नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमा निगरानी बढाएको हो।
सोही क्रममा र्याडिसन होटलमा नेपाल ग्यास र एसटिसी ग्यासका सिलिण्डरहरु भेटिएको विभागले जनाएको छ। होटलमा नेपाल ग्यासका ११६ वटा फुल सिलिन्डर र एसटिसीका ६७ वटा सिलिण्डर रहेको जनाइएको छ। होटलमा ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको थियो।
बजारमा ग्यासको अभाव देखिएको समयमा विभागले गरिरहेको नियमित अनुगमनका क्रममा होटलले ग्यास मौज्दात राखेको भेटिएको हो।
साथै, विभागले होटल ,व्यवसायिक प्रतिष्ठानहरुमा नियमति अनुगमन गरिरहेको छ।










