खानी विभागका जियोलोजिष्ट खनाल एक वर्षदेखि गयल, बर्खास्त गर्ने उद्योग मन्त्रालयको तयारी



बिजमाण्डू
२०८३ साउन १८ गते ११:४९ | Aug 3, 2026
खानी विभागका जियोलोजिष्ट खनाल एक वर्षदेखि गयल, बर्खास्त गर्ने उद्योग मन्त्रालयको तयारी


काठमाडौं। खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट गौतमप्रसाद खनाल एक वर्षदेखि गयल भएका छन्। अधिकृत तहका खनाल २०८२ साउन ९ गतेदेखि कार्यालयमा गयल भएका हुन्।

Tata
GBIME

विना सूचना लगातार ९० दिनभित्र गयल भए स्पष्टीकरण सोधेर सेवाबाट बर्खास्त गर्ने कानुनी व्यवस्था छ।

त्यही व्यवस्था अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सचिवस्तरीय निर्णय गरी सार्वजनिक सूचना निकालेर खनालसँग स्पष्टीकरण सोधेको छ। यसका लागि उनलाई १५ दिनको समय दिइएको छ।