उच्च तहका प्रहरीलाई हेडक्वाटर बाहिर पठाइयो, एआइजीदेखि एसएसपीसम्म तराईमा



बिजमाण्डू
२०८३ साउन १५ गते १४:२८ | Jul 31, 2026
उच्च तहका प्रहरीलाई हेडक्वाटर बाहिर पठाइयो, एआइजीदेखि एसएसपीसम्म तराईमा


काठमाडौं । सुनसरीको घटनापछि तराईका जिल्लामा बढ्दो तनावपूर्ण गतिविधि नियन्त्रण तथा समन्वय गर्नका लागि उच्च तहका प्रहरी अधिकृतहरुलाई परिचालन गरिएको छ।

Tata
GBIME

प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी विक्रम शाहलाई बाँकेमा खटाइएको छ। त्यस्तै, एआइजी हिमालय कुमार श्रेष्ठलाई मधेश प्रदेशमा पठाइएको छ।

सीआइबीमा कार्यरत उमाशंकर चुतुर्वेदीलाई कपिलवस्तुमा पठाइँदा एआइजी इश्वर कार्कीलाई कोशी प्रदेशमा पठाइएको छ।

डिआइजी दिनेश कुमार आचार्यलाई सिराह, डिआइजी अभिनारायण काफ्लेलाई सप्तरी, डिआइजी गोपाल चन्द्र भट्टराइलाई सर्लाही पठाइएको छ।

त्यस्तै, एसएसपी सोमेन्द्र सिंह राठौंरलाई पर्सा, एसएसपी दिप शमशेर जवरालाई रौतहट पठाइएको छ। एसएसपी होबिन्द्र बोगटी बारा पठाइको हो।

परिचालनको प्रभावकारीता मूल्यांकन, नीति निर्देशन, सुरक्षा योजनाको कार्यान्वयन, सूचना संकलन तथा विश्लेषण र आवश्यकतानुसार फिल्डमा समेत खटिएका सम्बन्धित प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग समन्वय, सहजिकरण गरी समस्या तथा गुनासो सुन्नेको लागि उच्च प्रहरी अधिकृतहरुलाई खटाइएको हो।

एआइजीदेखि एसएसपीसम्म जिल्लमा पठाइएको छ। परिस्थितिलाई काबू बाहिर जान नदिई समयमै स्थितिको सामान्यीकरण गर्ने र भए गरेको विवरण आवश्यकता अनुसार प्रहरी महानिरीक्षक समक्ष जाहेर गर्ने गरी प्रहरी अधिकृतहरुलाई प्रदेश र जिल्लाको जिम्मेवारी तोकिएको हो।

जोखिम कम देखिएको जिल्लाहरुबाट पनि प्रहरीलाई तराईमा पठाउन थालिएको छ। एउटा जिल्लाबाट २० देखि ५० जनासम्म प्रहरीलाई तनावपूर्ण स्थानमा पठाइँदैछ।

को कहाँ परिचालित?

क्र.सं.पदनामस्थान
१.प्रहरी अतिरिक्त महानिरीक्षकशिद्धी विक्रम शाहबाँके
२.प्रहरी अतिरिक्त महानिरीक्षकहिमालय कुमार श्रेष्ठमधेश प्रदेश
३.प्रहरी अतिरिक्त महानिरीक्षकउमा प्रसाद चतुर्वेदीकपिलवस्तु
४.प्रहरी अतिरिक्त महानिरीक्षकईशवर कार्कीकोशी प्रदेश / सुनसरी
५.प्रहरी नायव महानिरीक्षकदिनेश कुमार आचार्यसिराहा
६.प्रहरी नायव महानिरीक्षकअबि नारायण काफ्लेसप्तरी
७.प्रहरी वरिष्ठ उपरीक्षकगोपाल चन्द्र भट्टराईसर्लाही
८.प्रहरी वरिष्ठ उपरीक्षकसोमेन्द्र सिंह राठौरपर्सा
९.प्रहरी वरिष्ठ उपरीक्षकदीप शम्शेर जबरारौतहट
१०.प्रहरी वरिष्ठ उपरीक्षकनवराज अधिकारीचितवन
११.प्रहरी वरिष्ठ उपरीक्षककृष्ण प्रसाद पंगेनीमहोत्तरी
१२.प्रहरी वरिष्ठ उपरीक्षकहोबिन्द्र बोगटीबारा
१३.प्रहरी वरिष्ठ उपरीक्षकज्ञानेन्द्र प्रसाद फुयाँलमोरङ
१४.प्रहरी वरिष्ठ उपरीक्षकभुवनेश्वर तिवारीधनुषा
१५.प्रहरी वरिष्ठ उपरीक्षकअमरेन्द्र बहादुर सिंहमधेश प्रदेश