कुमारी बैंकको परिवार सुरक्षा बचत खाता योजना : बोहरालाई १० लाख बीमा दाबी भुक्तानी



बिजमाण्डू
२०८३ साउन १५ गते १३:०० | Jul 31, 2026
कुमारी बैंकको परिवार सुरक्षा बचत खाता योजना : बोहरालाई १० लाख बीमा दाबी भुक्तानी


काठमाडौं। कुमारी बैंकले परिवार सुरक्षा बचत खाताअन्तर्गत बीमा दाबी रकम हस्तान्तरण गरेको छ।

Tata
GBIME

बैंकको गौमुल शाखाले बनादेवी बोहरालाई उनका पतिको दुर्घटनामा परी निधन भएका कारण परिवार सुरक्षा बचत खाताअन्तर्गत आवश्यक प्रक्रिया पूरा गरी १० लाख रुपैयाँ बराबरको बीमा दाबी रकम हस्तान्तरण गरेको हो।

परिवार सुरक्षा बचत खाता अन्तर्गत प्रदान गरिने बीमा सुविधाले अप्रत्याशित घटनाबाट प्रभावित परिवारलाई आर्थिक राहत पुग्ने बैंकले जनाएको छ।

बैंकले ग्राहकको वित्तीय सुरक्षा तथा परिवारको आर्थिक संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न बचत योजनामा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ।