कुवेतमा ड्रोन आक्रमणमा ज्यान गुमाउने युवा तेह्रथुमका तामाङ, दूतावासको यस्तो अपिल



बिजमाण्डू
२०८३ साउन १५ गते ११:२८ | Jul 31, 2026
कुवेतमा ड्रोन आक्रमणमा ज्यान गुमाउने युवा तेह्रथुमका तामाङ, दूतावासको यस्तो अपिल


काठमाडौं। कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ।

Tata
GBIME

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार सवारी चालकको रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो ।

साउन १४ गते भएको घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले जानकारी गराएको दूतावासले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

दूतावासले कुवेतमा विकसित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा सम्बन्धी मापदण्ड पूर्णरूपमा पालना गर्न र संयमित भई सुरक्षित स्थानमा रहन अपिल गरेको छ।