काठमाडौं। शिव शिखर सहकारीका थप ५६ बचतकर्ताले आफ्नो पैसा फिर्ता पाएका छन्।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋण असुली गरेर थप ५६ साना बचतकर्ताको पैसा फिर्ता गरेको हो। हालसम्म शिव शिखर सहकारीका करिब १४०० बचतकर्ताले रकम फिर्ता पाएको समितिले जनाएको छ।
अरु बचतकर्तालाई पनि रकमका आधारमा वर्गीकरण गरेर पैसा फिर्ता गर्ने समितिले जनाएको छ।









