दार्चुलामा विद्यालय भवन भारतले ७ करोड ५० लाख रुपैयाँमा बनाइदिने, संयुक्तरूपमा शिलान्यास



बिजमाण्डू
२०८३ साउन ११ गते १९:१६ | Jul 27, 2026
दार्चुलामा विद्यालय भवन भारतले ७ करोड ५० लाख रुपैयाँमा बनाइदिने, संयुक्तरूपमा शिलान्यास


काठमाडौं। दार्चुलाको शैल्यशिखर नगरपालिका-९ स्थित गोकुलेश्वर माध्यमिक विद्यालयको भवन भारतले बनाइदिने भएको छ।

Tata
GBIME

भारतले ७ करोड ५० लाख रुपैयाँ लागतमा विद्यालयको भवन बनाइदिने भएको हो।

भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीले सोमबार संयुक्तरूपमा भवनको शिलान्यास गरेका छन्।

यो परियोजना शैल्यशिखर नगरपालिकामार्फत कार्यान्वयन हुनेछ।