प्रधानन्यायाधीश शर्मा भारत भ्रमणबाट फर्किए स्वदेश, सपना मल्लले विमानस्थलमा गरिन् स्वागत



बिजमाण्डू
२०८३ साउन ११ गते ११:५० | Jul 27, 2026
प्रधानन्यायाधीश शर्मा भारत भ्रमणबाट फर्किए स्वदेश, सपना मल्लले विमानस्थलमा गरिन् स्वागत


काठमाडौं। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा भारत भ्रमण गरेर स्वदेश फर्किएका छन्। भारतीय समकक्षी सूर्य कान्तको निमन्त्रणमा साउन ७ गते नयाँ दिल्ली गएका प्रधानन्यायाधीश शर्मा सोमबार स्वदेश फर्किएका हुन्।

Tata
GBIME

प्रधानन्यायाधीश शर्मालाई स्वागत गर्न वरिष्ठतम् न्यायाधीश सपना मल्ल विमानस्थल पुगेको थिइन्।

प्रधानन्यायाधीश डा शर्माले भारतमा रहँदा त्यहाँको सर्वोच्च अदालतको अवलोकन एवं न्यायसम्पादका बारेमा जानकारी लिएका थिए।

उनले भारतीय समकक्षी कान्तसँग भेटवार्ता गरी न्याय सम्पादनका विषयमा कुराकानी गरेका थिए। भ्रमण टोलीमा शर्माकी पत्नी उमा शर्मा र सर्वोच्चका सहरजिष्ट्रार अमित उप्रेती सहभागी थिए।