मनोज शर्मासहित पाँच मुलुकका प्रधानन्यायाधीशलाई भारतमा घुमाइयो इजलाश नम्बर १



बिजमाण्डू
२०८३ साउन ८ गते १३:०० | Jul 24, 2026
मनोज शर्मासहित पाँच मुलुकका प्रधानन्यायाधीशलाई भारतमा घुमाइयो इजलाश नम्बर १


काठमाडौं। संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय व्यापार कानुन आयोगको ६०औं वार्षिकोत्सवमा सहभागी भारत गएका प्रधानन्यायाधीश मनोज शर्मा र प्रधानन्यायाधीश सूर्यकान्तबीच भेटघाट भएको छ।

Tata
GBIME

भारत पुगेका शर्मासहित पाँच मुलुकका वरिष्ठ न्यायाधीश र सूर्यकान्तबीच शुक्रबार भेटघाट भएको हो। इजलाश नम्बर १ भ्रमणको क्रममा भएको भेटघाटमा न्यायप्रणालीका विषयमा छलफल भएको थियो। इजलाश नम्बर १ प्रधानन्यायाधीश बस्ने मुख्य इजलाश हो।

भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणीले स्वागत गर्दै भारतलाई विविध परम्परा र न्यायिक मूल्यमान्यताको संगमस्थलको भएको बताए।

‘भारत संस्कृति र मूल्य-मान्यताको सङ्गम हो। यसले भारतको न्यायशास्त्रलाई पनि दर्शाउनेछ,’ उनले भने।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले भारतको न्याय प्रणाली अब्बल रहेको जिकिर गरे।