गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवर नियुक्त, विशेष अदालतको अध्यक्षमा आचार्य



बिजमाण्डू
२०८३ साउन ६ गते १६:३० | Jul 22, 2026
गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवर नियुक्त, विशेष अदालतको अध्यक्षमा आचार्य


काठमाडौं। सरकारले गुठी संस्थानको प्रशासकमा शैलेन्द्रराज कुँवरलाई नियुक्त गरेको छ।

Tata
GBIME

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको प्रस्तावमा कुँवरलाई गुठी संस्थानको प्रशासक नियुक्त गर्ने निर्णय गरेको हो।

संस्थानको प्रशासक नियुक्तिका लागि असार १८ गते ७ दिनको समय दिएर दरखास्त मागिएको थियो।

मन्त्रिपरिषद्ले न्याय परिषद्को सिफारिसमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष र उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई श्रम अदालतको अध्यक्ष तोकेको छ।