पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई २०८५ भदौसम्म शुल्कमा छुट



बिजमाण्डू
२०८३ साउन ६ गते १६:२३ | Jul 22, 2026
पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीलाई २०८५ भदौसम्म शुल्कमा छुट


काठमाडौं। पोखरा र भैरहवा विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा प्रदायक कम्पनीले २०८५ भदौ मसान्तसम्म लागि विभिन्न सेवामा छुट पाउने भएका छन्।

Tata
GBIME

ती दुई विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा प्रदायक कम्पनीलाई पार्किङ, ल्याण्डिङ र नेभिगेसन शुल्क पूर्णरुपमा छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट पाउने भएका हुन्।

बुधबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा छुट दिने प्रस्ताव स्वीकृत गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।