काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन्।
नेपालको हस्तकला क्षेत्रको अवस्था, बजार विस्तार र प्रवर्धन गर्ने विषयमा शाहले महासंघका प्रतिनिधिसँग छलफल गरिरहेका हुन्।
सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल चलिरहेको छ।
छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा र शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी सहभागी छन्










