काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विभिन्न जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन मिति (आरसीओडी) थप्ने भएको छ।
ऊर्जा उद्यमीहरुले प्राकृतिक प्रकोप लगायत विभिन्न कारण आयोजनाको काम प्रभावित भएको कारण देखाएर आरसीओडी थप गर्न माग गर्दै आएकामा प्राधिकरणले ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको निर्देशनमा म्याद बढाउन लागेको हो।
आरसीओडी थप गर्ने सम्बन्धमा छलफलका लागि मन्त्री श्रेष्ठले बुधबार सरोकारवालाको बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे प्राधिकरणमा बस्नेछ।
बैठकमा प्राकृतिक प्रकोप अथवा अन्य कारणले म्याद गुजारेका विद्युत आयोजनालाई वर्गीकरण गरी प्रवर्धकहरुलाई आमन्त्रण गरेको प्राधिकरणका सञ्चालक समिति सदस्य अंशु शाहीले जानकारी दिए।
प्राकृतिक प्रकोपले संरचनामा क्षति पुगेको आयोजनालाई प्राथमिकता दिएर म्याद थप्ने प्राधिकरणको तयारी छ।










