काठमाडौं। नेपालमा जेएसडब्लू एमजी गाडीको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
कम्पनीले आफ्नो नयाँ स्टेट आफ आर्ट एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको हो। सर्भिस सेन्टर सञ्चालनमा ल्याएको अवसरमा कम्पनीले बुधबारदेखि एक सातासम्म ग्राण्ड ओपनिङ सर्भिस क्याम्प घोषणा गरेको छ।
अत्याधुनिक पूर्वाधार, प्रशिक्षित प्राविधिक, जेन्युन एमजी स्पेयर पार्ट्स तथा पारदर्शी र प्रतिस्पर्धी सेवा शुल्कसहित सञ्चालनमा आएको यो सर्भिस सेन्टरले सम्पूर्ण एमजीका ग्राहकलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीले बताएको छ।
जीओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले ग्राहकलाई उत्कृष्ट सेवा दिने प्रतिबद्धता अनुसार सर्भिस सेन्टर स्थापना गरेको बताए।
‘यो डेडिकेटेड एमजी सर्भिस सेन्टरको स्थापना ग्राहकप्रति हाम्रो प्रतिबद्धताको अर्को महत्वपूर्ण कदम हो। उत्कृष्ट आफ्टर सेल्स सर्भिस नै सफल स्वामित्व अनुभवको आधार हो भन्ने हाम्रो विश्वास छ। यस सुविधामार्फत नेपालभरका एमजी ग्राहकलाई अझ भरपर्दो, गुणस्तरीय र सहज सेवा प्रदान गर्ने हाम्रो उद्देश्य छ,’ उनले भने।










