विद्यालयलाई लक्षित गरी ‘हिरोई बीएस ६’ बस सार्वजनिक, ३६ देखि ५६ सिटमा उपलब्ध



बिजमाण्डू
२०८३ साउन ४ गते १२:०३ | Jul 20, 2026
विद्यालयलाई लक्षित गरी ‘हिरोई बीएस ६’ बस सार्वजनिक, ३६ देखि ५६ सिटमा उपलब्ध


काठमाडौं। एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले ‘हिरोई बीएस ६’ बस सार्वजनिक गरेको छ।

Tata
GBIME

कम्पनीले सुर्खेतमा ग्राहक भेटघाट कार्यक्रम राखेर विद्यालय लक्षित बस सार्वजनिक गरेको हो। एसएमएल महिन्द्राको नेपालका लागि कन्ट्री म्यानेजर सुमन नागपाल र लक्ष्मी कमर्सियल भेहिकल्सका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्काले बस सार्वजनिक गरे।

कम्पनीका अनुसार यस बस नेपाल सरकारको विद्यालय बस सम्बन्धी सिट क्षमताको मापदण्ड कम्पनीका अनुसार बस ३६ देखि ५६ सिटसम्मका विभिन्न भेरियन्टमा उपलब्ध छ। 

हिरोई अत्याधुनिक बीएस ६ फेज-टु (ओबीडी-२) उत्सर्जन मापदण्ड अनुरूप निर्माण गरिएको बस बस भएको कम्पनीले जनाएको छ।

बसमा इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल (ईएससी), हिलस्टार्ट एसिस्ट, इलेक्ट्रोनिक हाइड्रोलिक कन्ट्रोल युनिट, मल्टिइन्फरमेसन मिटर क्लस्टर, पावर एन्ड इकोनोमी ड्राइभिङ मोडजस्ता आधुनिक प्रविधि समावेश गरिएका छन्।

कार्यक्रममा स्थानीय विद्यालयका सञ्चालक, यातायात व्यवसायी, फ्लीट सञ्चालक, उद्योगी-व्यवसायी लगायत सहभागी थिए।