डलरसँगै युरो र पाउण्ड स्टर्लिङ घट्दा सुनको मूल्य बलियो, यस्तो छ आजको विनिमय दर



बिजमाण्डू
२०८३ साउन २ गते ०७:३४ | Jul 18, 2026
डलरसँगै युरो र पाउण्ड स्टर्लिङ घट्दा सुनको मूल्य बलियो, यस्तो छ आजको विनिमय दर


काठमाडौं। अमेरिकी डलरसँगै युरो र पाउण्ड स्टर्लिङको मूल्य केही घटेको छ। यही बेला अन्तर्रा्ट्रिय बजारमा सुनको मूल्य भने उकालो लागेको छ। उच्च मूल्यमा पुगेका सबैजसो विदेशी मुद्राको विनिमय दर शनिबार केही घटेको राष्ट्र बैंकको तालिकामा छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिद दर १५३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३६ पैसा भएको छ। शुक्रबार खरिद दर १५३ रुपैयाँ ८६ पैसा र बिक्री दर १५४ रुपैयाँ ४६ पैसा पुगेको थियो।

अन्तर्राष्ट्रिय बजारमा शनिबार सुन प्रति औंस ४०१७.५१ डलरले कारोबार भइरहेको छ। २४ घण्टामा सुन प्रति औंस २९.७३ डलरले महँगिएको छ। चाँदी पनि बढ्दै प्रति औंस ५५.०९ डलर भएको छ।

उच्च मूल्यमा पुगेका युरो, पाउण्ड र स्वीस फ्रयांक पनि शनिबार केही घटेका छन्। युरोपियन युरोको खरिद दर १७५ रुपैयाँ ८५ पैसा र बिक्री दर १७६ रुपैयाँ ५३ पैसा भएको छ। शुक्रबार खरिद दर १७६ रुपैयाँ ४० पैसा र बिक्री दर १७७ रुपैयाँ ९ पैसा थियो।

यस्तै पाउण्ड स्टर्लिङको खरिद दर २०६ रुपैयाँ ६० पैसा र बिक्री दर २०७ रुपैयाँ ४१ पैसा भएको छ। शुक्रबार खरिद दर २०७ रुपैयाँ ८० पैसा र बिक्री दर २०८ रुपैयाँ ६१ पैसा थियो।

स्वीस फ्रयांकको खरिद दर १९० रुपैयाँ ३४ पैसा र बिक्री दर १९१ रुपैयाँ ९ पैसा भएको छ। शुक्रबार खरिद दर १९० रुपैयाँ ५७ पैसा र बिक्री दर १९१ रुपैयाँ ३२ पैसा पुगेको थियो।

अमेरिकी डलर, युरो र पाउण्डको मूल्य पछिल्ला महिनामा उकालो लाग्नुका मुख्य कारण विश्व बजारमा अमेरिकी डलरको मजबुती, अन्तर्राष्ट्रिय आर्थिक अनिश्चितता, प्रमुख केन्द्रीय बैंकहरूको ब्याजदर नीति तथा सुरक्षित मुद्रामा लगानीकर्ताको आकर्षण हुन्। नेपाली रुपैयाँ भारुसँग स्थिर छ। तर, भारतीय रुपैयाँ नै डलरको तुलनामा कमजोर हुँदा त्यसको प्रभाव नेपालमा परेको छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५३.७६१५४.३६
युरोपियन युरो१७५.८५१७६.५३
पाउण्ड स्टर्लिङ२०६.६०२०७.४१
स्वीस फ्रयांक१९०.३४१९१.०९
अष्ट्रेलियन डलर१०७.१७१०७.५९
क्यानेडियन डलर१०९.५७११०.००
सिंगापुर डलर११९.११११९.५८
जापानी येन१०९.४७९.५१
चिनियाँ युआन२२.६९२२.७८
साउदी रियाल४०.९४४१.१०
कतारी रियाल४२.१७४२.३४
थाइ भाट४.५७४.५९
यूएई दिराम४१.८६४२.०३
मलेसियन रिंगिट३७.५५३७.६९
साउथ कोरियन वोन१००१०.३५१०.३९
स्वीडिश क्रोनर१५.९११५.९७
डेनिश क्रोनर२३.५२२३.६१
हङकङ डलर१९.६११९.६९
कुवेती दिनार५००.०३५०१.९८
बहरेन दिनार४०७.८५४०९.४४
ओमानी रियाल३९९.३६४००.९१
स्रोत : नेपाल राष्ट्र बैंक