काठमाडौं। घूस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पालिकाका एकजना इन्जिनियरलाई नियन्त्रणमा लिएको छ।
इलामको चुलाचुली गाउँपालिकामा कार्यरत छैटौं तहका इन्जिनियर डिल्लीराज खड्कालाई नगद ६ लाख रुपैयाँसहित बुधबार पक्राउ गरेको हो।
आयोगका अनुसार खड्काविरुद्ध पुलको रिडिजाइन स्वीकृत गराइदिएको तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनको लागि दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना आएको थियो।
अख्तियारको टंगाल र इटहरी कार्यालयको संयुक्त टोलीले इन्जिनियर खडकालाई ६ लाख रूपैयाँ घूस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।
उनलाई उक्त रकमसहित दमक-१ स्थित खाजा घरबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताएका छन्।










