काठमाडौं। नेपाली कांग्रेसकी सांसद गीता गुरुङले जनतामा निराशा बढ्दै गएको बताएकी छन्। उनले बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि युवा प्रधानमन्त्री बनेको भन्दै आशावादी युवाहरु अहिले निराश बन्न थालेको बताइन्।
प्रतिनिधि सभाको बुधबारको बैठक सुरु हुनासाथ प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले गीतालाई बोल्न समय दिएका थिए।
गीताले प्रधानमन्त्री बालेनमाथि विषयान्तर गरिरहेको आरोप लगाइन्। ‘सरकारले निराशा बढाइरहेको छ। मन्त्रीको सम्पत्ति माथि प्रश्न उठ्दा सुकुम्बासी वस्तीमा डोजर चल्यो। सरकार विषयान्तर गर्न माहिर छ। सस्तो स्टन्टका पछाडि नलाग्न आग्रह गर्छु,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू संसदमा आउनुस्। प्रश्नबाट भाग्ने होइन सामाना गर्ने हो।’
सरकार सञ्चालन जन्मदिनमा दिइने सरप्राइज जस्तो नभएको उनको भनाइ छ।










