तातोपानी नाकाबाट हुने आयात रोकियो, इकोमा यसपालि पनि भासियो सडक



बिजमाण्डू
२०८३ असार २९ गते १८:२० | Jul 13, 2026
तातोपानी नाकाबाट हुने आयात रोकियो, इकोमा यसपालि पनि भासियो सडक


काठमाडौं। अरनिको राजमार्ग अन्तर्गत कोदारी-तातोपानी खण्डमा पर्ने इकोमा सडक भासिएपछि आयात रोकिएको छ।

Tata
GBIME
Nepal Life

गए राती परेको पानीले इकोको सडक भासिएपछि आयात रोकिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

सडक भासिएपछि सवारीसाधनको आवातजावत बन्द भएको छ। कार्यालयका भन्सार अधिकृत रमेशबहादुर शाहले लगातार पानी परे यसपालि पोहोरको भन्दा खराब अवस्था हुने बताए।

‘माथि लिपिङमा पनि ढुङ्गा खसेका कारण कन्टेनर बाटोमा रोकिएका छन्। नाकाबाट भन्सारसम्म आइपुग्ने विभिन्न ठाउँमा पहिरो गएकाले अबको केही दिन आयात प्रभावित हुने देखिएको छ,’ उनले भने।

गत वर्ष पनि यो क्षेत्रमा पहिरोका कारण लामो समयसम्म आयात रोकिएको थियो। पछिल्लो समय तातोपानी नाकाबाट दैनिक १२ देखि १५ वटा कन्टेनर सामान आयात भइरहेको थियो।

 फलफूल, आयोजनाका सामान, इभि गाडी , कच्चा पर्दाथ र रेडिमेड आयात हुदै आएको भन्सारले जनाएको छ।