डेढ दशकदेखिको फ्रान्सेली कम्पनीको एकाधिकार अन्त्य गर्दै जर्मनीले छाप्यो राहदानी, सोमबार ५०० वितरण हुने



बिजमाण्डू
२०८३ असार २९ गते १३:४१ | Jul 13, 2026
डेढ दशकदेखिको फ्रान्सेली कम्पनीको एकाधिकार अन्त्य गर्दै जर्मनीले छाप्यो राहदानी, सोमबार ५०० वितरण हुने


काठमाडौं। डेढ दशकदेखिको फ्रान्सेली कम्पनी आइडिमियाको एकाधिकार अन्त्य गर्दै जर्मन कम्पनीले राहदानी छापेका छन्।

Tata
GBIME
Nepal Life

दुई जर्मन कम्पनीहरू म्युहलबउर र भेरिडोसले पाएको ठेक्का अनुसार सोमबारबाट राहदानी वितरण सुरु भएको हो। परराष्ट्रमन्त्री शिशिर खनालले साफ गेममा जान लागेका ओस्कार गुरुङ र निमेश शाहीलाई राहदानी हस्तान्तरण गरेर औपचारिक सुरुवात गरेका हुन्।

परराष्ट्रमन्त्री खनाल र परराष्ट्र सचिव अमृतबहादुर राई विहानै राहदानी विभाग पुगेर राहदानी वितरण लगायतको अनुगमन गरेर बसेका थिए। ‘उहाँ विहानैदेखि विभागमा बसेर राहदानी वितरणको अनुगमन गरिरहनुभएको थियो। त्यसपछि गुरुङ र शाहीलाई राहदानी हस्तान्तरण गर्नुभएको हो’, विभागका एक अधिकारीले बिजमाण्डूसँग भने।

प्रधानमन्त्री बालेन्द्र शाह सचिवालयबाट अनावश्यक हस्तक्षेप भएपछि राहदानी विवाद सल्टाएर जर्मन कम्पनीलाई नै निरन्तरता दिन खनालले प्रमुख भूमिका खेलेका थिए।

उनले प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार असिम शाहदेखि माधव खनालसम्म परराष्ट्र मन्त्रालय बोलाएर जर्मन कम्पनीलाई असार २९ गतेसम्मको समय सीमा दिन सहमत गराएका थिए। त्यही भएर पनि खनाल विहानै विभाग पुगेर अनुगमन गरेका हुन्। स्रोतका अनुसार सोमबारको राहदानी वितरण लगायत स्मुथ्ली चलेपछि सन्तुष्ट भएर फर्किएका छन्।

विभागका ती अधिकारीका सोमबार पाँच सय राहदानी वितरण गर्ने लक्ष्य राखिएको छ। स्रोतका अनुसार सोमबार राहदानी विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट राहदानी वितरण गर्ने योजना रहेको थियो। त्यसलाई विस्तार गर्दै ललितपुर र भक्तपुरबाट पनि राहदानी वितरण गर्न खोजिएको ती अधिकारीले बताए।