वर्षमानले प्रधानमन्त्री बालेनलाई सोधे- के गरिब र सुकुम्बासीले देशमा बाँच्न पाउँदैनन्?



बिजमाण्डू
२०८३ असार २६ गते १४:४९ | Jul 10, 2026
वर्षमानले प्रधानमन्त्री बालेनलाई सोधे- के गरिब र सुकुम्बासीले देशमा बाँच्न पाउँदैनन्?


काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद् वर्षमान पुनले मुगुका युवा गणेश नेपालीको आत्मदाह प्रकरणबारे सरकारसँग जवाफ मागेका छन्।

Tata
GBIME
Nepal Life

सांसद पुनले शुक्रबार प्रतिनिधि सभाको बैठकमा गणेशको आत्मदाह प्रकरणले राज्यको असफलता उजागर भएको बताए।

उनले इलामका प्रेम आचार्यले २०७९ माघ १० गते बानेश्वरमा आत्महत्या गर्दा हालका प्रधानमन्त्री एवं काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जालमा गरेको पोष्ट पढेर सुनाउँदै गणेशको आत्मदाह प्रकरणबारे धारणा माग गरे।

‘प्रधानमन्त्रीज्यू नयाँ नयाँ विश्वासका साथ, उहाँ जनमतसहित आउनुभएको छ। के यो राज्यको असफलता हो? या गरिब, दुःखी, सुकुम्बासीहरु संघीय राजधानी वा देशभरि बाँच्न पाउँदैनन्? उनीहरुले गरिखान पाउँदैनन् भन्ने संकेत हो?,’ उनले भने, ‘सरकारको यसमा ध्यान जाओस् र जवाफ चाहन्छु। यही दृष्टिकोण आज छ कि? बदलियो सत्तामा गइसकेपछि?’