शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु



बिजमाण्डू
२०८३ असार २६ गते १२:४६ | Jul 10, 2026
शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु


काठमाडौं। वीर अस्पतालको बर्न सेन्टरमा गणेश नेपालीको मृत्यु भएको छ। शुक्रबार बिहान उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिइएको छ।

Tata
GBIME
Nepal Life

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले मृत्युको जानकारी अस्पतालले गराएको बताए। तर, अस्पतालले औपचारिक रुपमा घोषणा भने गरेको छैन।

मुगुको सोरु गाउँपालिका-१ घर भएका २५ वर्षीय नेपालीले बिहीबार दिउँसो पौन २ बजेतिर काठमाडौंको त्रिपुरेश्वर राहदानी विभाग नजिकै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए। अवस्था गम्भीर बन्दै गएपछि उनलाई थप उपचारको लागि भारत लैजाने तयारी समेत भएको थियो।

शरीरमा आगो लगाएपछि प्रहरीले उनलाई वीर अस्पतालमा पुर्‍याएको थियो। मोटरसाइकलमा महानगरीय प्रहरीले ह्विल लक गरेपछि उनले पेट्रोल छर्किएको उनका आफन्तले जानकारी दिएका छन्।

उनी केही वर्षदेखि भक्तपुरमा श्रीमती र छोरीसँगै बस्दै आएका थिए। पछिल्लो समय उनी राइड सेयरिङमार्फत जीविकोपार्जन गर्दै आएका थिए।