असार तेस्रो सातासम्म रोपाइँ पोहोरभन्दा १३% घटी, प्रदेशमध्ये मधेस सबैभन्दा पछाडि



बिजमाण्डू
२०८३ असार २४ गते १५:५१ | Jul 8, 2026
असार तेस्रो सातासम्म रोपाइँ पोहोरभन्दा १३% घटी, प्रदेशमध्ये मधेस सबैभन्दा पछाडि


काठमाडौं। चालु आर्थिक वर्ष बर्खे धान रोपाइँ ३२ प्रतिशत मात्र भएको छ। कृषि विभागको तथ्या‌क अनुसार असार २२ गतेसम्म देशभर रोपाइँ ३२. ३८ प्रतिशत भएको छ। जुन गत वर्षको भन्दा  १३ प्रतिशतले कम हो।

Tata
GBIME
Nepal Life

गत सोही अवधिमा ४५ प्रतिशत रोपाइँ भएको थियो। धान उत्पादनका लागि भण्डार मानिने मधेस प्रदेश चालु वर्ष सबैभन्दा पछाडि छ। मधेसमा अझै पर्याप्त वर्षा नहुँदा किसान रोपाइँमा ढिला भएको देखिएको छ।

तुलनात्मक रुपमा सुदूरपश्चिम प्रदेश अगाडि देखिएको छ। गत वर्ष ८२ प्रतिशत रोपाइँ भएको सुदूरपश्चिममा यो वर्ष ५७ प्रतिशत रोपाइँ भएको छ। गण्डकी प्रदेशमा ४१ प्रतिशत रोपाइँ भएको छ। गत वर्ष सोही अविधमा ५५ प्रतिशत थियो।

कर्णाली प्रदेशमा ४० प्रतिशत रोपाइँ भएको छ। गत वर्ष ७१ प्रतिशत रोपाइँ भएको थियो। लुम्बिनी प्रदेशमा ३७ प्रतिशत, वाग्मती प्रदेशमा ३३ प्रतिशत, कोशी प्रदेशमा ३१ प्रतिशत र मधेश प्रदेशमा सबैभन्दा कम रोपाइँ भएको छ।

आर्थिक वर्ष २०८३/८४ मा करिब १३ लाख ७० हजार हेक्टरमा धान रोपाइँ हुने लक्ष्य छ। हालसम्म करिब ४ लाख ४३ हजार हेक्टरमा मात्र रोपाइँ भएको छ।