काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ। दिउँसो ३ बजेदेखि सुरु हुने अक्सनमा ५५ खेलाडीमाथि बोली लाग्नेछ। आठवटै फ्रेन्चाइजसँग मिलाएर यसपटक कुल ३ करोड ७३ लाख रुपैयाँको पर्स छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये १५५ खेलाडी मात्र छनोट भएका छन्। छनोट भएका खेलाडीलाई क्यानले तीन क्याटेगोरीमा विभाजन गरेको छ।
क्याटेगोरी ‘ए’ मा ५ जना, ‘बी’ मा २७ जना र ‘सी’ मा १२३ जना खेलाडी छन्। यीमध्ये अक्सनमार्फत ५२ खेलाडी मात्र आठवटै फ्रेन्चाइज टोलीमा अनुबन्ध हुनेछन्।
यसबाहेक प्रत्येक टोलीले ट्यालेन्ट हन्टमार्फत दुई-दुई नेपाली खेलाडी अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ। यसरी प्रत्येक टोलीमा १४ जना नेपाली खेलाडी रहनेछन्।
यसपटक सबैभन्दा ठूलो पर्स पहिलो संस्करणको च्याम्पियन जनकपुर बोल्ट्ससँग छ। जनकपुरले ६६ लाख २५ हजार रुपैयाँ लिएर अक्सनमा प्रवेश गर्दैछ।
अघिल्ला दुई संस्करणका मार्की खेलाडी आशिफ शेखलाई रिलिज गर्दै जनकपुरले सबैलाई आश्चर्यचकित बनाएको थियो। आशिफ यसपटक अक्सनमा रहेका सबैभन्दा चर्चित खेलाडी मानिएका छन्।
जनकपुरले अनिलकुमार शाह, ललितनारायण राजवंशी, मयन यादव, आदित्य महता र विकास अग्रीलाई रिटेन गरेको छ। आशिफ शेखसँगै शुभ कंशाकार, किशोर महतो, तुलबहादुर थापा, सचिन भट्ट र रुपेश सिंहलाई भने रिलिज गरिएको छ।
अक्सनमा दोस्रो ठूलो पर्स विराटनगर किंग्ससँग छ। विराटनगरसँग ५१ लाख ५० हजार रुपैयाँ छ।
टोलीले सन्दीप लामिछाने, लोकेश बम, बसीर अहमद, नारायण जोशी, प्रतिश जिसी र सुवास भण्डारीलाई रिटेन गरेको छ। सूर्य तामाङ, शंकर राना, नरेन भट्ट, शाहिल पटेल, श्रवण किस्कु र आयुष न्यौपाने रिलिज भएका छन्।
साविक विजेता लुम्बिनी लायन्ससँग ४९ लाख २५ हजार रुपैयाँको पर्स छ। लुम्बिनीले कप्तान रोहितकुमार पौडेल, सन्दीप जोरा, शेर मल्ल, तिलक भण्डारी, दिनेश अधिकारी, दिलीप नाथ र अभिशेष गौतमलाई टोलीमै राखेको छ।
पोखरा एभेन्जर्ससँग ४५ लाख ५० हजार रुपैयाँ बाँकी छ। टोलीले कुशल भुर्तेल, सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको छ। तृतराज दास, अभिषेक तिवारी, कृष्ण पौडेल, सन्दीप खत्री र रोहित चन्द रिलिज भएका खेलाडी हुन्।
सुदूरपश्चिम रोयल्ससँग ४२ लाख ५० हजार रुपैयाँको पर्स छ। टोलीले कप्तान दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, अभिनास बोहरा, इशान पाण्डे, हेमन्त धामी, हिक्मत महरा र आरिफ शेखलाई रिटेन गरेको छ। नरेन साउद, दीपेन्द्र थापा, दीपक बोहरा, टेक रावत र मिलन बोहोरालाई भने रिलिज गरिएको छ।
कर्णाली याक्स र चितवन राइनोजसँग समान ४२-४२ लाख रुपैयाँको पर्स छ। कर्णालीले कप्तान सोमपाल कामीसहित गुल्सन झा, नन्दन यादव, दीपक डुम्रे, पवन सर्राफ, युवराज खत्री र युनिस विक्रम सिंहलाई टोलीमा राखेको छ। अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिन शर्मा र इमरान शेख रिलिज भएका छन्।
चितवन राइनोजले कुशल मल्ल, देव खनाल, कमलसिंह ऐरी, अर्जुन साउद, रिजन ढकाल, रञ्जित कुमार र दीपक बोहरालाई रिटेन गरेको छ। विपिन रावल, गौतम केसी, अमरसिंह रौटेला र सौगात ढकाल अक्सनका लागि रिलिज भएका खेलाडी हुन्।
यसपटक सबैभन्दा सानो पर्स काठमाडौं गोरखाजसँग छ। काठमाडौंसँग ३४ लाख रुपैयाँ मात्र बाँकी छ। टोलीले मार्की खेलाडी तथा कप्तान करण केसी, भीम सार्की, मोहम्मद आदिल आलम, शाहब आलम र सन्तोष यादवलाई रिटेन गरेको छ। प्रतिक श्रेष्ठ, राशिद खान, दीपेश कँडेल, उत्तम थापा मगर, तुलबहादुर थापा र आकाश त्रिपाठीलाई रिलिज गरिएको छ।
आशिफ शेखजस्ता चर्चित खेलाडी अक्सनमा उपलब्ध हुनु, विभिन्न टोलीले रणनीतिक रूपमा खेलाडी रिलिज गर्नु र सबै फ्रेन्चाइजले नयाँ संयोजन बनाउने तयारीमा रहेकाले यसपटकको एनपीएल अक्सन अघिल्ला संस्करणभन्दा थप प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
क्याटागोरी अनुसार छनोट भएका खेलाडीहरू:
वर्गीकरण ‘ए’
अर्जुन घर्ती, विवेककुमार यादव, आसिफ शेख, रुपेशकुमार सिंह, तृतराज दास
वर्गीकरण ‘बी’
आकाश त्रिपाठी, अभिषेक तिवारी, अमरसिंह रौटेला, अनिल खरेल, भुवन कार्की, विपिनप्रसाद शर्मा, विशालकुमार पटेल, दिपेन्द्र रावत, दिलसाद अली, दिपक बोहरा, दिपेश श्रेष्ठ, दुर्गेश गुप्ता, हिमांशु दत्त, खडकबहादुर बोहरा, किशोर महतो, मिलन बोहरा, नरेन भट्ट, नरेन साउद, प्रकाश जैसी, रविन्द्रजंग शाही, साहिल पटेल, शकिब हक, शंकर राना, शुभ कंसाकार, सोनु अन्सारी, सुनम गौतम, सुनिल धमला
वर्गीकरण ‘सी’
आदिल खान, अकिल खान, आरिफ खान, आशिक बैठा, आशिष लुहार, आशुतोष घिरैया, आशुतोष पाण्डेय, आयुष्मान बम, अभय यादव, अभिषेक पाल, अफ्रुदिन रैन, अजय चौहान, अमन जैन, अमर मिश्र, अमित श्रेष्ठ, अंकित सुवेदी, अनुजकुमार चनारा, अनुजकुमार चौहान, अपराजित पौडेल, अरनको यादव, अशोक धामी, अविनाश कर्ण, आयुब चन्द, आयुष न्यौपाने, भुलावन साहनी, विवेककुमार राना मगर, विपर्शन केसी, विपिन आचार्य, विपिन रावल, विपिनविक्रम शाही, विपिनकुमार महतो, विशाल सुस्लिङ, चन्दन राम, सिब्रिन श्रेष्ठ, दर्शन सोनार, दयानन्द मण्डल, दीपक सेराला, देव शाह, दिनेश बोहरा क्षेत्री, दिपेन्द्र थापा, दिपेश सापकोटा, दिपेशप्रसाद कँडेल, दिवन पुन, दिवस कुँवर, फिरदोश अन्सारी, गौतम केसी, हरिशंकर साह, हिमाल बिष्ट, इमरान शेख, जितेन्द्रसिंह ठकुरी, जोय थापा, कमल गुप्ता, कमल परियार, कृष्ण पौडेल, लोकेन्द्रबहादुर चन्द, महेश भार, मनोज यादव, मौसम ढकाल, मोहम्मद हुसेन गद्दी, नरबहादुर सार्की, नटराजनकुमार साह, नविनकुमार यादव, निखिलकुमार सिंह, निरजकुमार यादव, निर्मल गुरुङ, निश्चल क्षेत्री, नितेश पटेल, पप्पु यादव, परिमार्जन यादव, पवन कार्की, पवनबहादुर थापा, प्रदीप पासवान, प्रज्वल थापा, प्रकाश बिष्ट, प्रकाश केसी, प्रकाश कार्की, प्रशिद्ध जैशी, प्रतीक पोखरेल, प्रतीक श्रेष्ठ, राजु रिजाल, रमेश कुर्मी, रनवीर यादव, रविकुमार साह, रिङ्जिन लामा, रित गौतम, रोहित चन्द, रोशन विश्वकर्मा, साइमन रोय, सचिन भट्ट, सचिन शर्मा, सलाउद्दिन खान, समीर अली, समीर बिष्ट, समीर कँडेल, सन्दीप खत्री क्षेत्री, सन्तोष कार्की, सौगात ढकाल, शार्दुलसम भट्ट, शिवम तिवारी, श्रवण किस्कु, शुशीलबहादुर रावल, सोनु देवकोटा, शुभम खनाल, सुदिप अर्याल, सुजन थपलिया, सुमन श्रेष्ठ, सुमित महर्जन, सुनी गौतम, सन्नी बीके, सुरजप्रसाद कुर्मी, सूर्य तामाङ, सुर्यांश कोइराला, सुशान्त सिंह, सुवास ऐर, टेक रावत, ट्राभिस जैसी, तुलबहादुर थापा, तुलबहादुर थापा मगर, उत्तम रङ्गु थापा मगर, वंश क्षेत्री, योगेशबहादुर भट्ट क्षेत्री, रोहन बिक, बसन्त खत्री
टिम अनुसार पर्स रकम:
जनकपुर बोल्ट्स – ६६,२५,००० रुपैयाँ
विराटनगर किंग्स – ५१,५०,००० रुपैयाँ
लुम्बिनी लायन्स लायन्स – ४९,२५,००० रुपैयाँ
पोखरा एभेन्जर्स – ४५,५०,००० रुपैयाँ
सुदूरपश्चिम रोयल्स – ४२,५०,००० रुपैयाँ
कर्णाली याक्स – ४२,००,००० रुपैयाँ
चितवन राइनोज – ४२,००,००० रुपैयाँ
काठमाडौं गोरखाज – ३४,००,००० रुपैयाँ











