काठमाडौं। फिफा विश्वकपमा अन्तिम ३२ का खेलहरू सकिएसँगै अब प्रतियोगिता ‘नकआउट’ चरणमा प्रवेश गरेको छ। समूह चरण र अन्तिम ३२ का खेलमा केही अप्रत्याशित नतिजा देखिए पनि उपाधि दाबेदार अधिकांश टोलीले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। अबदेखि प्रत्येक खेल जित वा घर फर्किने अवस्थाको हुने भएकाले प्रतिस्पर्धा अझ रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
प्रि-क्वाटरफाइनलमा पुग्ने टोलीहरूबीचको भिडन्तले उपाधि यात्राको वास्तविक परीक्षा सुरु गर्नेछ। विश्व फुटबलका स्थापित शक्तिसँगै केही उदाउँदा टोलीले पनि उत्कृष्ट प्रदर्शन गर्दै समर्थकको ध्यान खिचेका छन्। अन्तिम १६ का खेलमा रणनीति, अनुभव र मानसिक दृढताले निर्णायक भूमिका खेल्ने विश्लेषण गरिएको छ।
आज सम्पन्न अन्तिम ३२ को खेलमा कोलम्बियाले घानालाई हराएसँगै अन्तिम १६ खेल्ने टोलीको टुंगो लागेको हो।
अन्तिम ३२ बाट नेदरल्याण्ड्स, जर्मनी, जापान, क्रोएसिया जस्ता हेभिवेट टिमसँगै दक्षिण अफ्रिका, आइभोरी कोस्ट, स्वीडेन, इक्वेडर, डीआर कंगो, सेनेगल, बोस्निया, अस्ट्रिया, क्रोएसिया, अल्जेरिया, अस्ट्रेलिया, केप भर्डे र घाना बाहिरिएका छन्।
प्रि-क्वाटरफाइनलका खेल आजै सुरु हुनेछन्। पहिलो खेलमा आज बेलुकी पौने ११ बजेबाट मोरोक्को र क्यानडाबीचको खेल सुरु हुनेछ।
यस्तो छ प्रि-क्वाटरफाइनलको खेल तालिका
मोरोक्को भर्सेस क्यानडा – असार २० गते – २२: ४५
पाराग्वे भर्सेस फ्रान्स – असार २१ गते – २: ४५
ब्राजिल भर्सेस नर्वे – असार २२ गते – १: ४५
मेक्सिको भर्सेस इङ्ग्ल्याण्ड – असार २२ गते – ५: ४५
पोर्चुगल भर्सेस स्पेन – असार २३ गते – ००: ४५
अमेरिका भर्सेस बेल्जियम – असार २३ गते – ५: ४५
अर्जेन्टिना भर्सेस इजिप्ट – असार २३ गते – २१: ४५
स्वीट्जरल्याण्ड भर्सेस कोलम्बिया – असार २४ गते – १: ४५











