त्रिविमा केयू सम्हालेका भोला थापा उपकुलपति, अन्य विश्वविद्यालयमा को को भए नियुक्त?



बिजमाण्डू
२०८३ असार १९ गते २०:४० | Jul 3, 2026
त्रिविमा केयू सम्हालेका भोला थापा उपकुलपति, अन्य विश्वविद्यालयमा को को भए नियुक्त?


काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित विभिन्न ७ विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा सिफारिस उम्मेदवारहरूमध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गरेका हुन्।

जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा भोला थापा नियुक्त भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट नियुक्त भएका छन्।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ। कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति पदमा नियुक्त भएका छन्।

नवनियुक्त उपकुलपतिहरूलाई शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले आज मन्त्रालयमा नियुक्ति पत्र प्रदान गरेका छन्।