काठमाडौं। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जिसी पुरस्कृत भएका छन्। लुम्बिनी प्रदेशभित्रका प्रहरीमध्येबाट उत्कृष्ट अनुसन्धान गरेको भन्दै एसपी जिसीलाई पुरस्कृत गरिएको हो।
एआइजी सुशील सिंह राठौरले सोमबार बुटवलमा आयोजित लुम्बिनी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा जिसीलाई पुरस्कार प्रदान गरे।
अनुसन्धानमा उत्कृष्ट कार्यसम्पादन, व्यावसायिकता, समर्पण र कर्तव्यनिष्ठ भएबापत जिसीलाई पुरस्कृत गरेको नेपाल प्रहरीको लुम्बिनी प्रदेश कार्यालयले जनाएको छ।
कार्यक्रममा लुम्बिनीका सबै जिल्लाका एसपीले घटनाको अनुसन्धान बारेमा प्रस्तुति दिएका थिए।











