अमूल्य ड्रिंकिङ वाटर सर्भिसेसमा विभागको सिल, लेबलविनै बजारमा बिक्री



बिजमाण्डू
२०८३ असार १६ गते १८:३४ | Jun 30, 2026
अमूल्य ड्रिंकिङ वाटर सर्भिसेसमा विभागको सिल, लेबलविनै बजारमा बिक्री

काठमाडौं। पानी प्रशोधन गर्ने प्लाण्ट जिर्ण अवस्थामा भेटिनुका साथै अन्य कैफियत देखिएपछि अमूल्य ड्रिंकिङ वाटर सर्भिसेसमा सिल गरिएको छ।

Tata
GBIME
Nepal Life

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गोदावरीस्थित पानी उद्योगमा सिल गरेको हो। प्रयोगशाला परीक्षणको प्रतिवेदन नआउन्जेलसम्म उद्योगमा सिल गरेको विभागका कर्मचारीहरुले बताएका छन्। विभागले परीक्षणका लागि पानीको नमुना संकलन गरेको छ।

अनुगमनका क्रममा मूल्य ड्रिंकिङ वाटर सर्भिसेसले अर्को उद्योगको जार पानी भर्न प्रयोग गरेको तथा उत्पादन मिति नखुलाइ बजारमा पठाउने गरेको खुलेको छ।