महान्यायाधिवक्ता कँडेलको १० वर्षको बेलायत आवतजावतको विवरण पेस गर्न सर्वोच्चको आदेश



बिजमाण्डू
२०८३ असार १६ गते १७:५६ | Jun 30, 2026
महान्यायाधिवक्ता कँडेलको १० वर्षको बेलायत आवतजावतको विवरण पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेलको बेलायत आवतजावत गरेको विवरण झिकाउन आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले आवतजावतको विवरण पेस गर्न मंगलबार आदेश दिएको हो।

न्यायाधीश विनोद शर्मा र सुनिल पोखरेलको इजालसले सन् २०१५ देखि २०२५ सम्मको बेलायत आवतजावतको रेकर्ड अध्यागमन विभागबाट झिकाउन आदेश दिएको हो।

त्यस्तै उनको नियुक्तिको निर्णय समेत पेस गर्न सरकारको नाममा आदेश दिइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले चैत २२ गते कँडेललाई महान्यायाधिवक्ता नियुक्त गर्न सिफारिस गरेका थिए।