कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच अन्तरआबद्धता, सेवाग्राहीलाई सहज



बिजमाण्डू
२०८३ असार १६ गते १६:४० | Jun 30, 2026
कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच अन्तरआबद्धता, सेवाग्राहीलाई सहज

काठमाडौं। कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच अन्तरआबद्धता कायम भएको छ।

Tata
GBIME
Nepal Life

गत वैशाख ३१ गते भएको समझदारी अनुसार दुई निकायबीच विद्युतीय प्रणाली अन्तरआबद्धता गरिएको हो।

अब उप्रान्त कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीको स्थायी लेखा नम्बर (प्यान) र त्यसको प्रमाणपत्र कार्यालयको केमिस प्रणालीमार्फत सेवाग्राहीले सिधै डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्।