रायो सागमा विषादी अत्याधिक प्रयोग, भेटियो ८० प्रतिशत अर्गानोफस्फेट



बिजमाण्डू
२०८३ असार १६ गते ११:५९ | Jun 30, 2026
रायो सागमा विषादी अत्याधिक प्रयोग, भेटियो ८० प्रतिशत अर्गानोफस्फेट

काठमाडौं। रायो सागमा उच्च मात्रामा विषादी प्रयोग गरेको भेटिएको छ। भक्तपुरको मध्यपुर थिमी नगरपालिकबाट बजारमा ल्याइएको रायो सागमा ८० प्रतिशत अर्गानोफस्फेट भेटिएको हो।

Tata
GBIME
Nepal Life

कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा रहेको केन्द्रीय कृषि प्रयोगशालामा मंगलबार ७ थरि तरकारी परीक्षण गर्दा उच्च मात्रामा विषादी भेटिएपछि साग नष्ट गरिएको छ। यसअघि पनि भक्तपुरको सागमा धेरै विषादी भेटिएको थियो।

४५ प्रतिशतभन्दा बढी विषादी अवशेष भेटिएको तरकारी खान अयोग्य मानिन्छ।