मूल्य अकासिए पनि चाँदीको आयात बढ्दो, ११ महिनामा भित्रियो १० अर्ब ८० करोडको



बिजमाण्डू
२०८३ असार ९ गते १५:५८ | Jun 23, 2026
मूल्य अकासिए पनि चाँदीको आयात बढ्दो, ११ महिनामा भित्रियो १० अर्ब ८० करोडको

काठमाडौं। चालु आर्थिक वर्ष ११ महिनामा १० अर्ब ८० करोड रुपैयाँको चाँदी भित्रिएको छ।

Tata
GBIME
Nepal Life

यो अवधिमा ३३ हजार ३९३ केजी चाँदी आयात भएको हो। त्यसमध्ये २२ करोड रुपैयाँको ४९० केजी चाँदी जेठ महिनामा भित्रिएको भन्सार विभागको तथ्यांक छ। गत आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा २७ हजार ७७८ केजी चाँदी आयात भएको थियो। त्यो चाँदी ३ अर्ब ८८ करोड रुपैयाँको हो।

विभागको तथ्यांक अनुसार जेठमा सुन आयात ठप्प छ। गत वैशाखसम्म २५ अर्ब ७८ करोड रुपैयाँको १३५४ केजी सुन आयात भएकामा जेठमा एक ग्राम पनि थपिएको छैन।