काठमाडौं। सेयर बजार लगातार दोस्रो दिन घटेको छ। नेप्से परिसूचक मंगलबार २६.१६ अंक घटेर २६७४.४८ विन्दु कायम भएको छ। म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार घटाएका हुन्।
हाइड्रोपावरको सूचक सबैभन्दा धेरै १.६३ प्रतिशत घटेको छ। बजारमा २३९ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बुंगल हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। दोहोरो अंकले घटेको बजारमा २२ कम्पनीका लगानीकर्ताले कमाएका छन्।
दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। टक्सार पिर्खुवा खोला र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सूचकसँगै कारोबार रकम पनि घटेको छ। बजारमा सोमबार ४ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएकामा मंगलबार ४ अर्ब ३६ करोडमा सीमित भएको छ।
आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ३४ करोड १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।









