गगनले भने- कांग्रेस रास्वपाको दुस्मन होइन, तपाइँहरुको सफलताबाट लोभ लागेको छ



बिजमाण्डू
२०८३ असार ७ गते १७:४५ | Jun 21, 2026
गगनले भने- कांग्रेस रास्वपाको दुस्मन होइन, तपाइँहरुको सफलताबाट लोभ लागेको छ

चितवन। नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपा आफ्नो पार्टीको दुस्मन नभएको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले आइतबार रास्वपाको महाधिवेशन उद‍्‍घाटन कार्यक्रममा रास्वपाले स्थापनाको ४ वर्षमा पाएको सफलता लोभलाग्दो भए पनि कांग्रेस दुस्मन नभइ प्रतिस्पर्धी भएको बताए।

‘पार्टी गठन भएको ४ वर्षमै तपाइँहरुले पाउनुभएको सफलता लोभलाग्दो छ। पार्टीमा सभापति रवि लामिछाने र सरकारमा प्रधानमन्त्री बालेन्द्र शाहले कुशल नेतृत्व गर्नुभएको छ। तपाइँहरु दुबै जनालाई बधाई छ,’ उनले भने।

गगनले अहंकारको टकराव र सत्ताको उन्मादले विगतमा जनमत दुर्घटनामा परेको उल्लेख गर्दै त्यसप्रति सचेत रहन रवि र बालेनलाई सुझाव दिए।

‘व्यक्तिको बीचमा अहंकारको टकराव र सत्ताको उन्मादले जनमत दुर्घटना परेको छ। रास्वपाले यी दुवै अवस्थाको सामना गर्नु नपरोस्,’ उनले भने।

गगनले रास्वपाको सफलताबाट कांग्रेसलाई लोभ लागेको भन्दै आफ्नो पार्टीलाई दुस्मन नठान्न आग्रह गरे। ‘रास्वपा नेपाली कांग्रेसको प्रतिस्पर्धी हो, दुस्मन होइन हामी तपाइँहरुभन्दा अग्लो हुन चाहन्छौं। तर तपाइँहरुको खुट्टा काटेर होइन, हामी सफा हुन चाहन्छौं। तर तपाइँहरुलाई फोहोर बनाएर होइन,’ गगनले भने।