चितवन। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनताले सुशासन र समृद्धिका रास्वपालाई दुई तिहाइ बहुमत दिएको बताएका छन्।
उनले आइतबार रास्वपाको महाधिवेशन उद्घाटन कार्यक्रममा जनताको चाहना अनुसार सुशासन र समृद्धिमा केन्द्रित भएर काम गर्न आग्रह गरे।
‘तपाइँहरुले चुनावमा चुपचाप घण्टी छाप भनेर भोट माग्नुभयो। अब चुपचाप सुशासन र विकास भनेर काम गर्नु पर्छ,’ उनले भने।
डा. भट्टराईले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई एकतामा कुनै कमजोरी हुन नदिन आग्रह गरे।
‘यो सरकारले पूरा कार्यकाल काम गर्नुपर्छ। म त भन्छु अझै १० वर्ष/१५ वर्ष स्थिर सरकार होस्। त्यसैले तपाइँहरुको एकतामा रास्वपाको ५ वर्ष सुनिश्चित छ,’ उनले भने।










