सेयर बजारमा गिरावट थामिएन, ५.०६ अंक घटेर २७०० विन्दुमा, ३ अर्ब ४१ करोडको किनबेच

बिजमाण्डू
२०८३ असार ४ गते १५:२१ | Jun 18, 2026
सेयर बजारमा गिरावट थामिएन, ५.०६ अंक घटेर २७०० विन्दुमा, ३ अर्ब ४१ करोडको किनबेच


काठमाडौं। सेयर बजार घट्ने क्रम थामिएको छैन। नेप्से परिसूचक बिहीबार ५.०६ अंक घटेर २७००.४७ विन्दुमा आएको छ। कारोबारमा आएका बैंकिङ, फाइनान्स, लघुवित्त, म्युचुअल फण्ड र व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्।

Vigo
GBIME
Tata

बजारमा १८१ कम्पनीको सेयर मूल्य घटेको छ। प्रभु बैंकको ऋणपत्र सबैभन्दा धेरै ५.५४ प्रतिशतले घटेको छ।

बजारमा १४ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। मूल्य बढेका ७७ कम्पनीका लगानीकर्ताले भने कमाएका छन्। दुई कम्पनीको सेयर मूल्य बढेर पोजेटिभ सर्किट लागेको छ। एपोलो हाइड्रोपावर र सोपान फर्मास्युटिकल्सको सेयर मूल्यमा सर्किट लागेको हो।

बजारमा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ। आँखु खोला जलविद्युत कम्पनीको सबैभन्दा धेरै ३१ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

यस्तै, युनाइटेड मोदी हाइड्रोपावर २३ करोड र सीएचडीसीको १४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।