काठमाडौं। भोगाधिकार समाप्त भएका सरकारी जग्गा लिजमा रुपान्तरण गर्न सरकारले सर्कुलर गरेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका भूमि प्रशासन पत्र लेखी भोगाधिकार सकिएका जग्गा लिजमा रुपान्तरण गर्न भनेको हो।
विभागले भोगाधिकारमा रहेका सरकारी जग्गाको अवस्था पहिचान गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई लिजमा रूपान्तरणका लागि जानकारी गराउन निर्देशन दिएको छ।
सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७१ अनुसार भोगाधिकार प्राप्त व्यक्ति, संस्था वा निकायले तोकिएको अवधिभित्र लिजमा रूपान्तरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ। तर धेरै जग्गा अझै भोगाधिकारकै अवस्थामा छन्।
मालपोत नियमावली, २०३६ को नवौं संशोधनले समेत भोगाधिकारमा रहेका जग्गालाई लिजमा रूपान्तरण गर्ने व्यवस्था गरेको छ।











