जेसीबी उपकरण खरिदमा ८०% फाइनान्सको सुविधा, एमएडब्लू अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता



बिजमाण्डू
२०८३ असार ४ गते ११:२५ | Jun 18, 2026
जेसीबी उपकरण खरिदमा ८०% फाइनान्सको सुविधा,  एमएडब्लू अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं। जेसीबी उपकरण खरिदमा एभरेष्ट बैंकले ८०% सम्म फाइनान्सको सुविधा उपलब्ध गराउने भएको छ। यस सम्बन्धमा बैंक र एमएडब्लू अर्थमुभर्स प्रालिबीच सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतापत्रमा एमएडब्लू अर्थमुभर्स प्रालिका तर्फबाट सञ्जय देव यादव र बैंकका तर्फबाट विनय खनालले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार जेसीबी उपकरण खरिद गर्न इच्छुक ग्राहकले एभरेष्ट बैंकका देशभरका शाखामार्फत सहजरूपमा वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्। ग्राहकले उपकरणको मूल्यको अधिकतम ८० प्रतिशतसम्म वित्तीय सुविधा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ति अनुसार आवश्यक कागजात पेस गरेको ७ कार्यदिनभित्र ऋण स्वीकृत हुनेछ।