पूर्वाधार विकासमन्त्री लम्साल चौतर्फी आलोचित, हिंसात्मक अभिव्यक्तिप्रति नेकपाको आपत्ति



बिजमाण्डू
२०८३ असार १ गते १७:१२ | Jun 15, 2026
पूर्वाधार विकासमन्त्री लम्साल चौतर्फी आलोचित, हिंसात्मक अभिव्यक्तिप्रति नेकपाको आपत्ति
युवराज दुलाल

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले निर्माण व्यवसायीको खुट्टा भाँच्नू भन्ने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

Tata
GBIME
Nepal Life

नेकपाका संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री लम्सालको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्।

दुलालले प्रधानमन्त्रीले सार्वजनिक गरेको देश बनाउने टिमका सदस्यबाट त्यस्तो अभिव्यक्ति आउँदा नवयुवाले के सिक्ने भन्ने प्रश्न गरेका छन्।

‘हिजो प्रधानमन्त्रीले देश बनाउने तीन सदस्यीय जम्बो टोलीको फोटो सार्वजनिक गर्नुभएको थियो। त्यसलगत्तै एक सदस्य योद्धा मन्त्रीजीले निर्माण व्यवसायीको खुट्टा भाँच्न सार्वजनिक रुपमा निर्देशन दिनुभएछ,’ दुलालले लेखेका छन्, ‘वाह! विधिको शासन कि धम्कीको शासन मन्त्रीजी! तपाइँको अभिव्यक्ति निन्दनीय छ। तपाइँ देशको मन्त्री, युवाको आदर्श! तपाइँबाट नवयुवाले के सिक्ने?’

मन्त्री लम्सालले आइतबार नागढुंगा-मुग्लिन सडक खण्डको अवलोकनका क्रममा काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू भनेका थिए।

हिंसात्मक अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा मन्त्री लम्सालको चर्को आलोचना भइरहेको छ।