पोखरामा उडान भर्ने घोषणा गरेको फ्लाई दुबईले भन्यो-‘हिमाली दृश्यको अनुभव लिन तयार हुनुहोस्’

बिजमाण्डू
२०८३ जेठ २८ गते १६:१६ | Jun 11, 2026
पोखरामा उडान भर्ने घोषणा गरेको फ्लाई दुबईले भन्यो-‘हिमाली दृश्यको अनुभव लिन तयार हुनुहोस्’


काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले आफ्नो सामाजिक संजालमा ‘एक्साईटिङ पोष्ट’ गरेको छ।

GBIME
Tata

कम्पनीले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरामा सेप्टेम्बर २३देखि दैनिक उडान गर्ने जानकारी दिँदै भनेको छ-‘हिमालहरुको देश’ नेपालको अनुपम प्राकृतिक सौन्दर्य, तालहरु र हिमाली दृश्यहरुको अनुभव लिन तयार हुनुहोस्।’

कम्पनीले पोखरामा उडान गर्ने पहिलो एयरलाइन्स कम्पनी हुने समेत जिकिर गरेको छ। ‘हामी संयुक्त अरब इमिरेट्सबाट यस नयाँ रुटमा सेवा प्रदान गर्ने पहिलो एयरलाइन्स हुनेछौ,’ कम्पनीले भनेको छ, ‘जसले तपाईंहरुलाई नेपालको दोस्रो ठूलो सहर तथा पर्यटन राजधानी पोखरा पुग्न सहज हुनेछ।’

पोखरा विमानस्थल उद्घाटन भएको तीस महिनामा पनि एउटा पनि एयरलाइन्स कम्पनीले नियमित उडान भरेका छैनन्। चिनियाँ ऋणबाट बनेको यो विमानस्थलमा सिचुवान एयरलाइन्स र भुटानको ड्रुक एयरले चार्टर उडान मात्रै गरेको छ।