सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको आइपीओ निष्कासन, ७ लाख ५ हजार कित्ता सर्वसाधारणलाई

बिजमाण्डू
२०८३ जेठ २८ गते ११:४१ | Jun 11, 2026
सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिजको आइपीओ निष्कासन, ७ लाख ५ हजार कित्ता सर्वसाधारणलाई


काठमाडौं। सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले आइपीओमा आवेदन खुलाएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारलाई वितरण गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।

Vigo
GBIME
Tata

सर्वसाधारणका लागि कम्पनीले ७ करोड ५ लाख ५० हजार रुपैयाँ बराबरको ७ लाख ५ हजार ५०० कित्ता सेयर छुट्याएको छ। १०/१० कित्ता दरले असार २ गतेसम्म आवेदन दिन पाइनेछ।

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीको अनुमति पाएकामा यसअघि नै कर्मचारी, सामूहिक लगानी कोष र वैदेशिक रोजगारलाई वितरण गरिसकेको छ।

कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ। यो वर्ष पुस मसान्तसम्म कम्पनीको प्रति सेयर आम्दानी ६.२४ रुपैयाँ, प्रति सेयर नेटवर्थ ११६.४१ रुपैयाँ र सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको विवरण पत्रमा उल्लेख छ।

कम्पनीले आइपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङस नेपालले केयर एनपी डबलबी माइनस रेटिङ दिएको छ। जसले वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।

कम्पनीको रजिष्टर्ड कार्यालय कैलालीको गोदावरीमा छ। सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिजले घर, पर्खाल, झ्याल ढोका, धातु, काठ, प्लाष्टिक तथा अन्य वस्तुहरुमा प्रयोग गरिने रंग तथा प्राइमरहरु उत्पादन तथा बिक्री वितरण गर्छ।