काठमाडौं। एनएमबि बैंकले नेपाल-भारत-नेपाल क्रसबोर्डर पर्सन-टु-पर्सन (पीटूपी) रेमिटेन्स सेवा सुरु गरेको छ।
बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को सहकार्यमा यो सेवा सुरु गरेको हो। अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुने बैंकले जनाएको छ।
‘अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन। उताबाट पठाउने बित्तिकै एनएमबि बैंकमा रहेको तपाइँको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ। पैसा मगाउनका लागि र पठाउन अब आफ्नो खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन,’ एनएमबिले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बैंकले ग्राहकको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना (भीपीए) बनाइदिनेछ। यही ठेगानामार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ।’










