७ प्रदेशलाई १ खर्ब ९ अर्ब रुपैयाँ बजेट, मधेश र कर्णालीलाई सबैभन्दा धेरै विनियोजन



बिजमाण्डू
२०८३ जेठ २५ गते १६:५० | Jun 8, 2026
७ प्रदेशलाई १ खर्ब ९ अर्ब रुपैयाँ बजेट, मधेश र कर्णालीलाई सबैभन्दा धेरै विनियोजन

काठमाडौं । अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरणमा प्रदेशतर्फ १ खर्ब ९ अर्ब ६५ करोड विनियोजन गरेको छ।

Tata
GBIME
Nepal Life

यसमध्ये पुँजीगततर्फ ३० अर्ब ३० करोड र चालुतर्फ ७९ अर्ब ३५ करोड विनियोजन गरिएको छ।

प्रदेशतर्फ दिइएको वित्तीय हस्तान्तरणमध्ये सबैभन्दा धेरै मधेश प्रदेशलाई दिइएको छ। आगामी आर्थिक वर्षका लागि मधेश प्रदेशले १७ अर्ब ५९ करोड ८७ लाख पाएको छ।

त्यस्तै, कर्णाली प्रदेशलाई १७ अर्ब २० करोड ८२ लाख वित्तीय हस्तान्तरणमार्फत दिइने अर्थ मन्त्रालयले जनाएको छ।

कोशी प्रदेशलाई १६ अर्ब ४७ करोड, बागमतीलाई १५ अर्ब २१ करोड र गण्डकी प्रदेशलाई १२ अर्ब ७२ करोड वित्तीय हस्तान्तरण गरिने भएको छ।

त्यसैगरी आगामी आर्थिक वर्षमा लुम्बिनी प्रदेशले १४ अर्ब ४१ करोड र सुदूरपश्चिमले १६ अर्ब १ करोड वित्तीय हस्तान्तरणमार्फत पाउने अर्थ मन्त्रालयले जानकारी गराएको छ।