सचिवलाई कार्यकक्षमा पुगेर धम्की दिने शाहीलाई पाँच दिन थुनामा राख्न अनुमति

बिजमाण्डू
२०८३ जेठ १२ गते २०:५५ | May 26, 2026
सचिवलाई कार्यकक्षमा पुगेर धम्की दिने शाहीलाई पाँच दिन थुनामा राख्न अनुमति


काठमाडौं। बहालवाला एक सचिवलाई धम्काउने उपेन्द्र कुमार शाहीलाई प्रहरीले पक्राउ गरेको छ।  

GBIME
Tata

जिल्ला प्रहरी परिसर काठमाडौंले शाहीलाई पक्राउ गरेको हो। पक्राउसँगै प्रहरी घटनामा अनुसन्धानका लागि अदालतबाट पाँच दिन म्याद समेत थप गरेको छ।

जेठ ११ गते शाहीले कार्यकक्षमै पुगेर ती सचिवलाई अश्लील शब्द प्रयोग गरी गालीगलौज गरेको प्रहरीले जनाएको छ।

प्रहरीको विज्ञप्तिमा भनिएको छ, ‘सचिवज्यूको कार्यकक्षमा अनधिकृत रूपमा प्रवेश गरी हुल हुज्जत गर्ने, बाहिर जान भनी सम्झाई बुझाइ गर्दा अश्लील शब्द प्रयोग गर्ने, धाक धम्की समेत दिई सचिवज्यूको कार्यकक्षमा हुल हुज्जत गरी आपराधिक उपद्रव गर्ने जिल्ला कालिकोट, साबिक मान्म गा.वि.स. वडा नं. ५ घर भई हाल जिल्ला भक्तपुर, मध्यपुर थिमि नगरपालिका २ स्थित बस्ने वर्ष ३५ को उपेन्द्र कुमार शाहीलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट आपराधिक लाभ लिन नहुने कसुरमा दिन ५ (पाँच) को म्याद थप अनुमति प्राप्त भई अनुसन्धान कार्य भइरहेको।’