माल्दिभ्सलाई पनि सोझो सेटमा हराउँदै नेपाल पुग्यो सेमिफाइनलमा



बिजमाण्डू
२०८३ जेठ १० गते १९:२२ | May 24, 2026
माल्दिभ्सलाई पनि सोझो सेटमा हराउँदै नेपाल पुग्यो सेमिफाइनलमा
नेपाली खेलाडी। तस्बिर: काभा।


काठमाडौं। नेपाली महिला भलिबल टोली काभा महिला भलिबल च्याम्पियनसीपको सेमिफाइनलमा पुगेको छ। आज सम्पन्न समूह चरणको तेस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराएसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

Tata
GBIME

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा सम्पन्न खेलमा नेपालले तीनैवटा सेटमा फराकिलो जित निकाल्न सफल भयो। पहिलो सेट २५-१२ ले जितेको नेपालले दोस्रो सेटमा २५-९ को जित निकाल्न सफल भयो। तेस्रो सेटमा माल्दिभ्सले खेल सुधारे पनि नेपालले २५-२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

यसअघि पहिलो खेलमा भारतसँग ३-२ को साँघुरो हार ब्यहोरेको नेपालले दोस्रो खेलमा किर्गिस्तानलाई ३-० कै सोझो सेटमा हराएको थियो। योसँगै नेपालले समूह ‘ए’बाट सेमिफाइनल खेल्ने पक्का भएको छ। यो समूहबाट माल्दिभ्स बाहिरिँदा अब भारत र किर्गिस्तानबीचको खेलले अर्को सेमिफाइनल खेल्ने टोलीको टुंगो लगाउने छ।