एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा संघई, वैद्य र ढकालको उम्मेदवारी, कोषाध्यक्षमा पौडेल र प्रधान



बिजमाण्डू
२०८३ जेठ ८ गते १४:०३ | May 22, 2026
एफएनसीसीआईको वरिष्ठ उपाध्यक्षमा संघई, वैद्य र ढकालको उम्मेदवारी, कोषाध्यक्षमा पौडेल र प्रधान


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ। वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, सुरकृष्ण वैद्य र हेमराज ढकालले उम्मेदवारी दिएका हुन्।

Tata
GBIME
Nepal Life

संघईको प्रस्तावकमा ईश्वर जिसी र समर्थकमा अभिज्ञा मल्ल छन्। वैद्यको प्रस्तावकमा कृष्णप्रसाद शर्मा र समर्थकमा रविन पुरी तथा हेमराजको प्रस्तावकमा नरेशलाल श्रेष्ठ र समर्थकमा लिलेन्द्र प्रधान छन्।

महासंघको कोषाध्यक्षमा मनिषलाल प्रधान र अम्बिकाप्रसाद पौडेलले उम्मेदवारी दिएका छन्। प्रधानको प्रस्तावकमा दिलसुन्दर श्रेष्ठ र समर्थकमा नानीराज घिमिरे तथा पौडेलको प्रस्तावकमा बाबुकाजी कार्की र समर्थकमा भक्तबहादुर हमाल छन्।