एफएनसीसीआई राजनीति : भरतको हेमराजलाई समर्थन, कोषाध्यक्षमा पौडेलका लागि हमालले छाडे



बिजमाण्डू
२०८३ जेठ ८ गते १३:५५ | May 22, 2026
एफएनसीसीआई राजनीति : भरतको हेमराजलाई समर्थन, कोषाध्यक्षमा पौडेलका लागि हमालले छाडे


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा भरत आचार्यले उम्मेद्वारी नदिने भएका छन्।

Tata
GBIME
Nepal Life

विहीबार साँझ नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र वरिष्ठ उपाध्यक्षका उम्मेद्वार हेमराज ढकालसँग भएको भेटपछि उनले उम्मेद्वारी नदिने निर्णय गरेका हुन्।

बुधबारसम्म उनी वरिष्ठ उपाध्यक्षको आकांक्षी थिए। स्रोतका अनुसार महासंघका एशोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले रामचन्द्र संघईलाई उम्मेद्वार कायम राखेपछि आचार्य पछि हटेका हुन्। पछिल्ला केही प्रोजेक्टमा पाण्डे र आचार्य जोडिएर काम गरेका थिए। दुबैको दोस्ती राम्रो रहेपनि वरिष्ठ उपाध्यक्षमा आचार्यलाई अगाडि बढाउने विषयमा पाण्डेले रिजर्भेसन राखेको स्रोतले बतायो।

एक व्यवसायीका अनुसार कमिटमेन्ट गरेपछि पछाडि नफर्किने स्वभावका कारण पनि पाण्डेले आचार्यलाई अगाडि बढाउन सकेनन्। पाण्डेले संघईलाई वरिष्ठ उपाध्यक्षमा समर्थन गर्ने प्रतिवद्धता गरेका थिए।

‘पाण्डेले कुनै कुरा बोलेपछि पूरा गरेर छाड्ने बानी रहेछ। एशोसिएटको प्यानलमा पनि धेरै जनाले विपक्षी ज्योत्सना श्रेष्ठबाट उम्मेद्वार बनाएकालाई भोटका अनुरोध गरेका थिए,’ एशोसिएटका एक उम्मेद्वारले बिजमाण्डूसँग भने, ‘४० भोट दिन्छु भन्दा पनि उनले आफ्नो इमान छाडेनन्।’

ती व्यवसायीका अनुसार पाण्डेले पहिला आचार्य र संघईलाई मिलेर आउन सुझाब दिएका थिए। त्यो सुझाब अनुसार सहमति नभएपछि संघईलाई पाण्डेले समर्थन गरेका थिए।

त्यही प्रतिवद्धताका कारण महासंघ अध्यक्ष अन्जन श्रेष्ठ र पाण्डेबीच फूट आएको छ। कोषाध्यक्ष पदका लागि पनि अम्बिका पौडेललाई केही सहज भएको छ। कोषाध्यक्षका उम्मेद्वार भक्त हमालले पौडेललाईनै समर्थन गरेपछि सहज भएको हो। तर, प्रधान पनि महासंघको राजनीतिमा जरा गाडेरनै बसेका व्यक्ति हुन्। महासंघका पूर्व अध्यक्ष महेशलाल प्रधानको छोरा र महासंघको राजनीतिमा लामो समयसम्म काम गरेकाले बलियो प्रतिस्पर्धी मानिन्छन्।