काठमाडौं। नेप्से परिसूचक सोमबार १.०३ अंकले घटेको छ।
बैंकिङ, विकास बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट र अन्य बाहेकका समूहले नेप्से २७३०.९१ विन्दुमा झारेका हुन्। बजारमा २ अर्ब ४५ करोड ८ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
कारोबार रकमका आधारमा साहस ऊर्जा पहिलो नम्बरमा छ। यो कम्पनीको ८ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ७ करोड ३४ लाख र एसवाई प्यानलको ७ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा ११९ कम्पनीको सेयर मूल्य बढ्दा १३२ कम्पनीको सेयर मूल्य घटेको छ। इङ्वा हाइड्रोपावरको सबैभन्दा धेरै ८.४२ प्रतिशतले सेयर मूल्य बढेको छ।









