काठमाडौं । नेपालमा ओमोडा को इ५ प्रो गाडी नेपाल भित्रिँदैछ। ओमोडाको इलेक्ट्रिक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ इ५ प्रो ले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।
आकर्षक तथा भविष्यवादी डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि तथा प्रिमियम फिचरहरूसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो।
हाल उपलब्ध भएकोओमोडा इ५ मा ५४०-डिग्री प्यानोरामिक क्यामेरा, १८-इन्च अलोय ह्विल, १९ भन्दा बढी एडीएएस सुरक्षा फिचरहरू, ८-स्पिकर प्रिमियम साउन्ड सिस्टम, ५० वाट वायरलेस चार्जर लगायत स्मार्ट ड्राइभिङ अनुभवका लागि डिजाइन गरिएका धेरै प्रिमियम तथा अत्याधुनिक प्रविधिहरू समावेश छन्।
ओमोडा इ५ आफ्नो डिजाइन, प्रविधि र प्रदर्शनका कारण इभी ग्राहकहरूबीच निकै लोकप्रिय बन्न सफल भएको कम्पनीको भनाइ छ। अब छिट्टै नेपालमा सार्वजनिक हुन लागेको नयाँ इ५ प्रो मार्फत ब्रान्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ।
नेपालमा इभी पूर्वाधार विस्तार हुँदै जानु, ग्राहकको विश्वास बढ्दै जानु तथा प्रिमियम इलेक्ट्रिक एययूभी प्रति आकर्षण वृद्धि भइरहेका बेला नयाँ इ५ प्रो को आगमनले नेपाली अटोमोबाइल बजारलाई अझ आधुनिक इलेक्ट्रिक मोबिलिटीको दिशामा अघि बढाउने विश्वास गरिएको छ।









